पाथिभरा स्वतन्त्र महिला समाज सुन्दरहरैचाको साधारण सभा सम्पन्न, अध्यक्षमा योजना शर्मा


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे। सुन्दरहरैचा /

मोरङको सुन्दरहरैचा वार्ड नं १० विराटचोकमा रहेको पाथीभरा स्वतन्त्र महिला समाजको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार भएको वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा योजना शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

सुन्दरहरैचा १० स्थित पर्यटकिय क्षेत्र बाघझोडामा भएको साधारण सभाले उपाध्यक्ष पदमा जानुका थापालाई चयन गरेको छ । त्यसैगरी सचिवमा बिन्दा दाहाल थापा, सह-सचिबमा सावित्रा पोख्रेल, कोषाध्यक्षमा सन्जु रेग्मी, सदस्यहरू बाथ कुमारी दाहाल, पदमा भट्टराई, विना न्यौपाने, प्रमिला खड्कालाई चयन गरेको हो। सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता पोख्रेल ढकालको अध्यक्षता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले पाथीभरा स्वतन्त्र महिला समाजको नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाको प्रगतिको कामना गरेका थिए। जम्मा सदस्य संख्या १७३ रहेको यस संस्थाले आठौँ साधारण सभाको अवसरमा संस्थाका नयाँ आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । विभिन्न सामाजिक कार्य गर्दै आईरहेको यस संस्थाले आगामी दिनमा अझै शसक्त भएर सामाजिक कार्यहरु गर्ने नव निर्वाचित अध्यक्ष योजना शर्माले सुन्दरहरैचा अपडेटलाई जनाएकी छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार