साना किसान कृषि सहकारी संस्था लि. गोविन्दपुरले गर्यो ९ औं वार्षिक साधारण सभा


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको रतुवामाई नगरपालिका ५ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. गोविन्दपुरले आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार भएको साधारण सभामा मोरङ क्षेत्र नं २ का संघिय सांसद ऋषिकेश पोख्रेलको प्रमुख आथित्य रहेको थियो। साधारण सभामा संस्थाकि अध्यक्ष फाल्गुणा देवी पोखरेलले वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा प्रस्तावित नीति कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोख्रेलले साना किसान कृषि सहकारी संस्थाले संस्थागत अनुशासन सहकारीका मूल्य मान्यता र सिद्धान्त र सहकारीका ऐन तथा कार्यविधीहरुको पालना गरेको देखीएको बताउँदै संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

यस संस्थाले हाल सम्म ८ सय भन्दा बढि सेयर सदस्य बनाउन सफल बनेको छ। उक्त साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट सेयर, उत्कृष्ट बचत, उत्कृष्ट बालबचत, असल कृषक, असल ऋणि, पुर्व संचालक, सफल उद्यमी लगायत विभिन्न व्यक्तीहरुलाई कृषि सामाग्री सहित सम्मान गरेको थियो।

साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्य, रतुवामाई नगरपालिका ५ का अध्यक्ष सोमनाथ कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका प्रबन्धक कृष्ण प्रसाद न्यौपानेले संचालन गरेको उक्त कार्यक्रममा कोशी प्रदेश सभासद नुरसदी वेगम, साना किसान कृषि सहकारी संस्था लि सिजुवाका मुख्य प्रबन्धक ऋषि कुमार ढकाल, साना किसान कृषि सहकारी संस्था लि झुर्कियाका अध्यक्ष सम्झना काफ्ले लगायत अतिथीहरुको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार