सांसद डा. सुनिल शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनतालाई नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गरिदिने


Single Before Content Ad

नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनतालाई नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गरिदिने।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल कुमार शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनताको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था गर्नुभएको छ। नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गर्नुभएको थियो। उहाँको आग्रह अनुसार, डा. शर्माले माघ १४ गतेदेखि फागुन महिनासम्म क्यान्सर पीडितहरूको लागि निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस अन्तर्गत क्यान्सरको प्रकृति हेरी जति पटक सेक्न परेको खण्डमा रेडिएसनले सेक्ने र सोक्रममा दैनिक गर्नु पर्ने सिटि स्क्यान निःशुल्क गरिने छ । यो सुविधा लिनकोलागि उदयपुर जिल्लाका बासिन्दाले क्यान्सर रोग पहिचान पछि विपन्न नागरिक औषधी कोष अनुसारको सिफारिस लिएर आउनु पर्ने हुन्छ । डा. शर्माले उदयपुर जिल्लाका क्यान्सर पिडितहरुको उपचारमा यो पार्टीको उ पार्टीको, जातपात, समुदायको भनेर भनेर नछुट्याइने र सामाजिक उत्तरदायित्व सम्झेर सामान्य आर्थिक अवस्था हुनु भएका जसलाई क्यान्सर भएको छ, जसको घरमा आमालाई, बुबालाई वा परिवार सदस्यलाई क्यान्सर भएर पिडित हुनुहुन्छ उहाँहरुको यो सुविधा उपलव्ध गर्ने घोषणा गर्नु भएको बताउनु भयो ।

आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै हालसालै नोवेलमा रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका छन् ।

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्बाचन क्षेत्रका जनता लै जुनसुकै पार्टीका भएपनि निसुल्क क्याबिन राखिदिएका छन। साथै डा। शर्मा को काठमाडौंको सिनामगल मा स्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनता लाइ निशुल्क उपचार गर्दै आएका छन्।
क्यान्सर सम्बन्धी उपचार तथा परामर्शको लागि सम्पर्क नोबेल क्यान्सर अस्पताल: ९७०९०२२४५८

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार