ब्राइट फ्युचरमा नानीबाबुको ग्राजुएसन उत्सव, कक्षा १ यात्राको औपचारिक शुभारम्भ


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैँचा ८ स्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा अध्ययनरत प्रि–प्राइमरी तहका विद्यार्थीहरूको ग्राजुएसन समारोह उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समारोहमा बालबालिकाहरू ग्राजुएसन गाउन र क्यापमा सजिएर सहभागी हुँदा वातावरण उल्लासमय बनेको थियो।

प्रि–प्राइमरी शिक्षा पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई विशेष सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो। साना विद्यार्थीहरूको यो उपलब्धिलाई अभिभावक तथा शिक्षकहरूले गर्वका साथ उत्सवका रूपमा मनाएका थिए।कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा शाखा प्रमुख तेजबहादुर आचार्यले बालबालिकाको शैक्षिक जीवनको पहिलो महत्वपूर्ण उपलब्धिका रूपमा ग्राजुएसन समारोहलाई लिनुपर्ने बताउनुभयो।

प्रारम्भिक शिक्षाले बालबालिकामा सिकाइप्रतिको रुचि, आत्मविश्वास र अनुशासनको विकास गर्ने भएकाले यसको महत्व विशेष रहेको उहाँको भनाइ थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले ब्राइट फ्युचरले शैक्षिक ज्ञानसँगै नैतिक शिक्षा, सिर्जनशीलता र व्यवहारिक सीप विकासमा जोड दिँदै आएको उल्लेख गर्नुभयो। बालबालिकालाई भविष्यका सक्षम नागरिकका रूपमा तयार पार्न विद्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति दिएका थिए। बालबालिकाको प्रस्तुति हेर्न उपस्थित अभिभावकहरू भावुक र उत्साहित बनेका थिए। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयका अनुसार ग्राजुएसन समारोहले बालबालिकालाई आगामी शैक्षिक यात्राका लागि थप प्रेरित गर्नुका साथै सिकाइप्रति सकारात्मक भावना विकास गर्न सहयोग पुर्‍याएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार