ड्रागनफलबाट किसान असन्तुष्ट, अनुदानमा पाएको बिरुवामा फल लागेन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -११ मा रहेको हरिमाया कृषि फर्ममा पहिलो पटक ड्रागन खेती सुरु गरेको थियो। त्यतिबेला ड्रागन खेति कोहि कोहि किसानले मात्र लगाउने गर्दथ्यो। पहिलेको बजार भन्दा अहिलेको बजारमा निकै फरक परेको किसान अनिल श्रेष्ठको भनाई छ।

श्रेष्ठको आमाको नाममा रहेको हरिमाया कृषि फर्ममा पहिलो पटक नगरले परिक्षणको रुपमा खेति गरेको थियो। बिचमा राम्रो प्रतिफल पाए पनि अहिले सेतो रातो हुने ड्रागन फ्रुट्समा रातोको माग बढी भएपछी ६ सय प्रतिकेजी बिक्रि गर्दै आएकोमा हाल ३ सय प्रतिकेजी बिक्रि गर्न बाध्य छन्।

श्रेष्ठका अनुसार इटहरी, बिराटनगर र आफ्नै नगरमा बजारीकरण गरे पनि अहिले ड्रागन खेति तर्फ धेरैको आकर्षण बढेपछि मुल्यमा ह्रास आएको भनाई छ। रेड सी भेराइटीको बिरुवा भनेर सुन्दरहरैंचा नगरपालिका कृषि शाखाबाट अनुदान पाएको बिरुवाबाट फल नलागेको ड्रागन कृषकको गुनासो छ। २ बर्ष अघि नगरले दिएको बिरुवा बिचार गरेर नदिएको, अम्बा भन्दा सानो दाना हुने नगरले किसानलाई भ्रममा पारेको उनको गुनासो छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार