उर्लाबारीमा फेला परेको चितुवालाई कोशिटप्पु पठाईयो


shiva
Single Before Content Ad

उर्लाबारी, निश्चल ढकाल/

मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशिटप्पु पठाईएको छ ।आज बिहान एक्कासि स्थानियको बासघारी मा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए ।

त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ चितुवालाई बासघारी मा पहरा दिएर गाउ पस्न बाट रोकेका थिए ।

दिउसो कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले चितुवालाई बेहोस बनाउने औषधिको प्रयोग गरि नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिए ।उद्धर गरिएको हिउ चितुवालाई सोहि टोलिले कोशि टप्पु बन्य जन्तु आरक्षण केन्द्र लगेको ईलाका प्रहरि कार्यालय उर्लाबारी प्रमुख देबेन्द्र दाशले बताए ।

बिशेस गरि हिँउ चितुवा पहाडि भेगमा पाईने जन्तु भएपनि चुरे पहाड देखि १५/१५ किलोमिटर टाढा रहेको उर्लाबारी कसरि आईपुग्यो भन्ने बारेमा एकिन भने  हुन सकेको छैन ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार