हरैचा मोडेल सेकेन्डरी इंगलिस स्कुलको स्वागत तथा दिक्षान्त समारोह कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा १ मा रहेको हरैचा मोडेल सेकेन्डरी इंगलिस स्कुलले शुक्रबार स्वागत तथा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ। सो वडाका अध्यक्ष राम बिश्वासले कार्यक्रमको उदघाटन गर्दै सम्बोधन गर्ने क्रममा बिधार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षाको महत्वलाई जोड्दै विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरा गर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्ग निर्देशन दिएका थिए।

नव आगन्तुक कक्षा ११ मा भर्ना भएका बिद्यार्थीलाई स्वागत सम्मान गरेको हो। उक्त बिधालयमा कक्षा ११ मा नवआगन्तुक ३९ जना बिद्यार्थी यस वर्षमा आध्ययनरत रहेको बिद्यालय प्रिन्सिपल रुद्र थापाले बताए। विद्यार्थीहरुको आवश्यकता पुरा गर्ने गरि अध्ययन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको प्रिन्सिपल थापाले बताए।

उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो। उक्त बिधालयले स्काउटमा रहेका २४ जना बिद्यार्थीलाई दिक्षान्त समरोहमा दिक्षित गरिएको थियो। स्काउटको आधारभुत तालिम सम्पन्न गरेर स्काउटको सदस्य बनेका बिधार्थीमा खुशी छाएको र आगामी दिनहरुमा थप जिम्मेवारी सहित अघि बढ्न प्रेरित गरेको छ । संस्कार र प्रबिधियुक्त शिक्षा जोड्दै मोरङकै अब्बल बिधालयको रुपमा पहिचान बनाउने बिषयमा अनवरत लागिरहने बिधालयका प्रवन्ध निर्देशक घनश्याम रिमालले वताए।

शैक्षिक गुणस्तरमा अब्ब्ल मानिएको सुन्दरहरैंचाको नमुना बिधालयको रुपमा रहेको हरैंचा मोडेलले प्लेग्रुप देखी कक्षा १२ सम्म पठनपाठन गराउदै आएको छ। त्यसैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजेमेन्ट र कम्प्युटर साइन्स संकायमा संचालित छन । बिधार्थीको रोजाईको केन्द्र र सबै अभिभावकको बिश्वास जित्न सफल हरैंचा मोडेलले सामाजिक उतरदायित्व पुरा गर्दै पढाई संगै बिभिन्न अतिरिक्त क्रियाकलाप साथै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार