सगरमाथा हिमाल दर्शन स्कुलको स्पोर्ट्स मिट २०८१ सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा रहेको सगरमाथा हिमाल दर्शन स्कुलको स्पोर्ट्स मिट २०८१ सम्पन्न भएको छ। ३ दिवसिय विद्यालय स्तरीय यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरूले जोश, जाँगर र खेल भावना प्रदर्शन गर्दै उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। खेलकुद प्रतियोगितामा एथलेटिक्स, दौड, भलिबल, फुटसल, कबड्डी, लङ जम्प, हाइ जम्पजस्ता खेलहरू समावेश गरिएको थियो। 

 समापन समारोहका प्रमुख अतिथि सो वडाका अध्यक्ष बिदुर डुंगनाले खेलकुदले शारीरिक तन्दुरुस्तीका साथै अनुशासन, आत्मविश्वास र टोली भावना विकसित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक बिरेन्द्र खडकाले विद्यार्थीहरूलाई निरन्तर खेलकुदमा लाग्न प्रेरित गर्दै आगामी दिनमा अझ व्यापक रूपमा स्पोर्ट्स मिट आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समापन कार्यक्रममा स्पोर्ट्स मिट अन्तर्गत भएको खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार वितरण गरिएको थियो। उक्त खेलकुद प्रतियोगितामा शिक्षक, अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार