सुवास न्यौपाने राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

पोखरामा जेष्ठ ९ देखि १२ गतेसम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनले क्षितिज थेवे समूहबाट मोरङ जिल्लाका सुवास न्यौपानेलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। मोरङ, सुन्दरहरैंचा–४ निवासी न्यौपाने लामो समयदेखि जिल्लास्तरीय राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ।

यसअघि उहाँले राष्ट्रिय युवा संघ नेपालकै केन्द्रीय लेखा आयोगको सह-संयोजकको जिम्मेवारी सम्हाल्दै सफल कार्यकाल पूरा गर्नुभएको थियो। आफ्नो कार्यकुशलता, संगठनप्रतिको प्रतिबद्धता र युवामाझ गहिरो लोकप्रियताको आधारमा उहाँलाई पुनः राष्ट्रिय तहमा नेतृत्वको अवसर प्रदान गरिएको हो।

सक्रिय युवा उद्यमीका रूपमा समेत परिचित न्यौपाने, विशेष गरी नवयुवकहरूबीच नेतृत्व विकास, राजनीतिक चेतना र स्वरोजगारको पक्षमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ मोरङ जिल्लामा युवाहरू माझ मिलनसार, दृढ विचारधारा बोकेका, सशक्त र प्रभावशाली नेताको रूपमा चिनिनुहुन्छ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सुवास न्यौपानेले भन्नुभयो: “राष्ट्रिय युवा संघ नेपालले मलाई फेरि एकपटक केन्द्रीय तहमा योगदान दिन अवसर दिएकोमा आभार व्यक्त गर्न चाहन्छु। यो जिम्मेवारीसँगै संगठनलाई अझ सशक्त, गतिशील र युवा आवाजको प्रतिनिधि बनाउने दिशामा लाग्नेछु। विशेष गरी बेरोजगारी, शिक्षा, स्वरोजगार, सीप र प्रविधिमा आधारित अभियानहरू अघि बढाउनेछु।”

महाधिवेशनबाट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्षमा क्षितिज थेवे पुनः अध्यक्ष पदमा चयन हुनुभएको छ। महासचिव, उपाध्यक्ष, सचिव र अन्य पदाधिकारीहरूको चयनसमेत पूर्ण रूपमा सम्पन्न भएको यस महाधिवेशनले आगामी दुई वर्षको कार्ययोजना तथा संगठनको नीति तय गर्ने निर्णय गरेको छ।

यसपटकको महाधिवेशनले युवा नेताहरूबीच समन्वय, दीर्घकालीन योजना र स्थानीय तथा राष्ट्रियस्तरमा संगठन सुदृढीकरणको विषयलाई प्राथमिकतामा राखेको थियो। विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका युवाहरूको उल्लेखनीय सहभागिता रहेको यो महाधिवेशन संघको इतिहासमा उत्साहजनक मानिएको छ।

 
Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार