प्याबसन नगर कार्यसमिति सुन्दरहरैंचाले बिबिध कार्यक्रम गर्दै मनायो ३३ औं प्याब्सन दिवस


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले विभिन्न कार्यक्रम गर्दै ३३ औं प्याबसन दिवस मनाएको छ।प्याब्सन दिवसको अवसरमा नगर कार्यसमितीले मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २, बेलडाँगीमा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ।

उक्त अवसरमा कोशी प्रदेश उपाध्यक्ष अर्जुन बस्नेतले आर्थिक अवस्था र शिक्षामा सबैको समान अवसर नपाउँदा शिक्षा क्षेत्रको बिकास गर्न र ग्रामीण भेगका बिद्यार्थीलाई न्यानो कपडा बितरण कार्यक्रमलाई आधारभूत बिधालयले स्वीकार गरेकोमा अभार प्रकट गरेका छन्। सोही क्रममा प्याब्सन दिवसको अवसरमा साँझ दिप प्रज्ज्वलन गरिएको थियो।

संस्थागत र सामुदायिक विद्यालय समानता भनेता पनि संस्थागत विद्यालय सामुदायिक बिधालयको अनुपातमा अगाडी रहेको देख्न सकिन्छ। सो अवसरमा नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाका अनुसार नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको बताएका छन् । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गरेका थिए ।

सो विद्यालयका प्रध्यानाध्यापक चन्दा कुमारी विश्वासले समेत प्याब्सनले गरेको रचनात्मक कार्यप्रति आभार प्रकट गर्दै स्थानीय सरकारले ओझेलमा परेको सामुदायिक आधारभूत विधालयको शैक्षिक गुणस्तर बिकास गर्न ध्यानआकर्षण गरेकी थिइन्।
प्याब्सन नगर अध्यक्ष दिपेन राईले नगरपालिका शिक्षा शाखाको समन्वयमा न्यायो कपडा बितरण गरेको बताउँदै सामाजिक क्षेत्रमा समेत निजि बिद्यालयले सहयोग गर्दै आएको धारणा व्यक्त गरेका छन् । साथै सो कार्यक्रममा वडा नं २ का अध्यक्ष बिवश प्रधानले समेत सामाजिक उतरदायित्व निर्वाह गरेको प्रति प्रशंसा गर्दै आभार प्रकट गरेका छन्।

उक्त अवसर प्याबसन सुन्दरहरैंचाले दिप प्रज्वलन समेत कार्यक्रम गरेको थियो भने नगरपालिकाकै २०७९ को एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान समेत गरेको थियो । छात्र तर्फ सिद्धार्थ माद्यामिक विद्यालयका   ३.९० जिपिए ल्याउने सौरभ बुढाथोकी र  छात्रा तर्फ ज्ञान ज्योति इंग्लिस स्कुलबाट ३.९५ जिपिए ल्याउने संस्कृति दाहाललाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरेको हो।

सो दिवसको अवसरमा प्याब्सन केन्द्रिय सचिव हेमन्त कार्की लगायत बक्ताले कार्यक्रमको उच्च मुल्याङकन गरेका थिए । प्याब्सन अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याबसन सुन्दरहरैंचा सचिव टिका पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार