पूर्वान्चल विश्वविद्यालयको वार्षिकोत्सवमा पदाधिकारी, शिक्षक र कर्मचारी पुरस्कृत


shiva
Single Before Content Ad

पूर्वान्चल विश्वविद्यालयको वार्षिकोत्सवमा पदाधिकारी, शिक्षक र कर्मचारी पुरस्कृत भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।

पुरस्कृत भएका वरिष्ठ अधिकृत टेकप्रसाद अधिकारी।

बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आयोजित कार्यक्रममा उत्कृष्ट पदाधिकारी, शिक्षक, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेहरूमा पदाधिकारीतर्फ सह-परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, शिक्षकतर्फ सहप्राध्यापक डा. धर्मेन्द्रकुमार सिंह तथा कर्मचारीतर्फ वरिष्ठ अधिकृत टेकप्रसाद अधिकारी र सवारी चालक प्रकाश भुजेल रहेका छन्।

पदाधिकारी श्रेष्ठ, शिक्षक सिंह र कर्मचारी अधिकारीलाई नगद ५१ हजारसहित उत्कृष्ट सेवा पदक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।

सवारी चालक भुजेललाई खाइपाई आएको सेवा सुविधामा दुई ग्रेड थप गरी पुरस्कृत गरिएको छ।

कार्यक्रममा पूर्वउपकुलपतिद्वय डा. महेश्वरमान श्रेष्ठ र प्रा. शिरीष रिजाल, सेवा आयोग अध्यक्ष बद्रीनाथ श्रेष्ठलाई पूर्वपदाधिकारीको रूपमा मरणोपरान्त सम्मान प्रदान गरिएको छ।

त्यस्तै, २० वर्ष सेवा अवधि पूरा गरेका सात जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ।त्यस्तै, २० वर्ष सेवा अवधि पूरा गरेका सात जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ। 

वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको विश्वविद्यालयले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्ने प्रयास गरेको चर्चा गर्दै टीका-टिप्पणीको जवाफ दिन आफू तयार रहेको बताए।

 विश्वविद्यालयलाई लयमा फर्काउन उपकुलपतिको एक्लो प्रयासले मात्र सम्भव छैन,’ उनले भने, ‘अहिलेसम्म भएका काममा तपाईंहरू सबैको उत्तिकै साथ र सहयोग छ।’

रजिस्ट्रार नीलमणि पोखरेलले विश्वविद्यालयलाई उचाइमा पुर्‍याउन सबैको साथ र सहयोगको खाँचो रहेको औंल्याए।३०औं वार्षिकोत्सव अवसर पारेर नयाँ परिपाटीको थालनी गरिएको बताउँदै कार्यकारी परिषद्को निर्णयबाट निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पदाधिकारी, शिक्षक तथा कर्मचारी छनौट गरिएको उनले जानकारी दिए।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार