दादुरा रुवेला खोप अभियान सम्बन्धी वडा स्तरीय अभिमुखिकरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिकामा दादुरा रुवेला खोप अभियान सम्बन्धी वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ ।त्यसैगरी सुन्दरहरैंचा नगरपालिका ४ नं. वडा कार्यलयमा शहरी स्वास्थ्य केन्द्रले दादुरा रुवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

शहरी स्वास्थ केन्द्रको आयोजना अभिमुखिकरण कार्यक्रममा आगामी साउन २८ गते देखी ३२ गते वडा नम्बर ४ भित्र टेन्डरफिट बोर्डिङ स्कुल, दुलारी मल्टिपल स्कुल, सरस्वती आधारभुत विद्यालय, सृजनशिल आधारभुत बिद्यालय, बुलुमिङ मन्टेश्वरी, चिल्ड्रेन मन्टेश्वरी जनचेतना आधारभुत बिद्यालाय, आदर्श आधारभुत बिद्यालय र शहरी स्वास्थ्य केन्द्रमा अभियान सञ्चालन गरिने केन्द्रका प्रमुख सुजता चौधरीले बताईन।

उक्त अभिमुखिकरण कार्यक्रममा बिश्वमा जलवायु परिवर्तन संगै बिभिन्न महामारी रोग फैलिएको अबस्थामा नेपाल समेत अछुतो रहन नसकेको अवगत गराउदै सो वडाका अध्यक्ष कैलाश बस्नेतले दादुरा रुवेला खोप अभियानमा सबैले साथ दिएर सफल बनाउन अनुरोध गरे। यस अभियानले अन्य भाइरस र रोग बिरुद्ध न्यूनीकरणमा थप मद्दत पुग्ने बस्नेतले बताए। ५ दिनसम्म सञ्चालन हुने उक्त अभियानमा ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने समेत चौधरीले जानकारी दिईन। ।

सो नगरको वडा ४, दुलारीमा रहेको वडा कार्यालयमा शहरी स्वास्थ केन्द्र त्रिवेणीका स्वास्थ्य प्रमुख चौधरी अध्यक्षतमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, बिद्यालयको प्रतिनिधि तथा सहभागीले अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार