विश्व आदिवासी दिवसको अवसरमा सुन्दरहरैचामा सांस्कृतिक कार्यक्रम


shiva
Single Before Content Ad

मोरङको सुन्दरहरैंचामा २९ औं विश्व आदिवासी दिवस भब्यरुपमा मनाएको छ। नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन मनाइने विश्व आदिवासी दिवस यस वर्ष नेपाल आदिवासी जनजाति महासंघ नगर कार्यसमिति सुन्दरहरैंचाले वडा ६ मा रहेको आदिवासी भवनमा बिबिध जातिय झांकी प्रदर्शनी सगै मनाएको हो।

उक्त कार्यक्रमको समुदघाटन संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरेका हुन। मन्त्री मोदीले आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना दिदैं कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफु समेत पहिचानको पक्षधर रहेको बताउदै राज्यबाट पाउनु पर्ने अधिकारमा जनजाति संघर्षरत रहेको भन्दै आफ़ुले संयुक्त राष्ट्र संघको सम्मेलनमा भाग लिंदा आदिबासीको हक अधिकारको बिषयमा उठान गरेको बताए। मन्त्री मोदीले सुन्दरहरैंचा नगरपालिका वडा ४ मा रहेको थारु संग्राहलयको समेत अबलोकन गरेका थिए ।

उक्त कार्यक्रममा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित प्रदर्शनी साथै बिबिध कार्यक्रम प्रस्तुत गरिएको थियो।

आदिवासी जनजाति महासंघ नगरमा २२ जाति आवद्ध रहेको भन्दै १६ जातजाति आफ्नो संस्कृति तथा पहिचान संरक्षण गर्न सांस्कृतिक नाच प्रस्तुत गरेको आदिवासी जनजाति महासंघ नगर अध्यक्ष सुमन याख्खाले बताए। पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको अध्यक्ष याख्खाले जानकारी दिए ।


उक्त अवसरमा नगर प्रमुख केदार प्रसाद गुरागाईंले आफ्नो अस्तित्व र पहिचान भनेका आफ्ना मौलिक संस्कृति हुन भन्दै यि कुरा लोप भएमा आफ्नो खास परिचय समेत गुम्ने हुँदा सचेत हुन सुझाव पेस गरे। नगरले आदिवासी, पिछडिएका समुदायलाई आर्थिक समाजिक र शैक्षिकरुपमा अघि बढ्नका लागी उल्लेखनीय भुमिका खेल्ने बिषयमा जोड दिदै बिश्वस्त दिलाए ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दै आएका छन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार