पूर्वान्चल विश्वविद्यालयमा प्राध्यापकहरु आन्दोलित


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

पूर्वान्चल विश्वविध्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको आन्तरीक प्रतियोगीताका अन्तवार्ता र परीक्षाका कार्यहरु हुने क्रममा रहेको बेला अन्तिम समयमा आएर नेपाल बिध्यार्थी संघको नाममा पूर्वान्चल विश्वविध्यालय सेवा आयोगमा तालाबन्दि गरिएको छ। तालाबन्दी भए पछि पूर्वान्चल विश्वविध्यालय सेवा आयोगले सहज बाताबरण नहुन्जेल सम्म परिक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।

नेपाल बिद्यार्थी संघले अन्तिम समयमा आएर तालाबन्दी गरेर बर्षौँ सम्म पदोन्नति हुन नपाएका प्राध्यापकहरुले आज सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई तालाबन्दी खोलि तत्काल अन्तवार्ता र परीक्षाका कार्यहरु अगाडि बढाउन ध्यान आकर्षण गर्दै आन्दोलान शुरु गरेका छन् ।

विश्वविद्यालयले तत्काल वार्ता समिति गठन गरी सम्बन्धित बिधार्थीहरुलाई वार्ताको लागि निमन्त्रणा गर्दा समेत वार्तामा नआएको प्राध्यापकहरुले दुखेसो व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार