किवानिस क्लब अफ इटहरीको अध्यक्षमा  मनिता तामाङ चयन


shiva
Single Before Content Ad

एलएन गच्छदार /इटहरी 

अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएका  किवानिस क्लव अफ इटहरीको आगामी कार्यकालका लागि अध्यक्षमा समाजिक अभियन्ता  मनिता तामाङ चयन भएकी छिन् ।

त्यसैगरी प्रस्तावित अध्यक्ष निश्चल खुलाल, प्रथम उपाध्यक्ष रमेश बिक, दोस्रो उपाध्यक्ष श्रद्धा बिष्ट पराजुली, कोषाध्यक्ष संगिता कार्की, सचिव बासुदेव खड्का लगायत २५ सदस्यीय समिति चयन भएको बर्तमान सचीव खड्काले जानकारी दिएका छन्।किवानिस क्लव नेपाल डिस्ट्रीक गर्भनर तिर्थ कुमार सिंहले आइतबार इटहरीको होटेल इनटुरिजममा भएको पदस्थापन कार्यक्रममा शपथ ग्रहण तथा पिन बितरण गरेका थिए ।

किवानिज क्लव अफ इटहरीले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने पस्थापित किवानिस अफ इटहरी अध्यक्ष तमाङले  बताइन।

साथै किवानिस क्लब अफ इटहरीका च्याप्टर प्रेसिडेन्ट सुभम फेवा लिम्बुको अध्यक्षतामा संचालन भएको पदस्थापन कार्यक्रम नि:साहय बालबालिका सेवा आश्रमका ३ बर्षकी बालिका ऋद्धी गौतमले उदघाटन गरेकी थिइन। च्याप्टर प्रेसिडेन्ट लिम्बुले पदस्थापित अध्यक्ष तामाङलाई ह्यावल ह्याण्ड ओभर गर्दै बालबालिकाको क्षेत्रमा रचनात्मक कार्यक्रम  र बिषेशत गरिब तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी कार्यक्रम आफु र आफ्नो क्लब लाग्ने धारणा व्यक्त गरेका छन्  । उक्त कार्यक्रममा किवानिसका बक्ताहरु बोल्ने क्रममा युवाहरू राजनैनिक उथलपुथलले बिदेश पलायन हुँदै गएको अवस्थामा  राज्यको गहिरो ध्यान आकर्षण समेत गराए ।

किवानीस क्बल नेपालमा सन २०१५ मा स्थापना भएको हो । बालबालिकालाई  शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गर्दै आएको छ । उक्त अवसरमा सुन्दरहरैंचा, धरान, मकवानपुर, बिराटनगर लगायतका किवानिसहरु उपस्थिति रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार