ब्लुमिंग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १६ अभिभावक दिवस सम्पन्न


shiva
Single Before Content Ad

इटहरी /

ब्लुमिंग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १६ अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका वार्ड नं ६ जुटविकास चोकमा रहेको यस मन्टेश्वरी स्कुलको १६ अभिभावक दिवस विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भ‌एको छ। युवा, खेलकुद तथा शिक्षा शाखा इटहरी उपमहानगरपालिका प्रमुख द्रोण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भ‌एको उक्त कार्यक्रममा KMCA अध्यक्ष श्री हरि आचार्य, इटहरी नगर प्याब्सन कोषाध्यक्ष श्री हेमन्त शर्मा भट्टराईको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रम बिभिन्न प्रतियोगितात्मक चरण हरु पार परी मिस्टर एण्ड मिस ब्लुमिंग २०८१ को बिजेता पनि घोषणा गरिएको थियो। उक्त प्रतियोगितामा मिस्टर ब्लुमिंगको उपाधि सारस भण्डारी र मिस ब्लुमिंगको उपाधि हर्षिका आचार्यले प्राप्त गरेका थिए त्यसैगरी संस्कार भट्टराई, सौर्य भट्टराई, पूर्णिमा मगर र कृति क्षेत्रीले क्रमशः प्रथम र द्वितीय रनरअपको उपाधि हासिल गरेका थिए। श्री मन्जु घिमिरेको अध्यक्षतामा बिधालयकी प्रिन्सिपल श्री स्मृति सापकोटा भट्टराईले उक्त कार्यक्रम संचालन गर्नु भ‌एको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार