५२ औं वार्षिकोत्सवको अवसरमा सुकुना मा वि ले गर्यो बिज्ञान प्रदर्शनी


Single Before Content Ad

सुन्दरहरैचा/

माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे सुकुना माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सबको अवसरमा बिज्ञान र सिभिल इन्जिनियरिङ तर्फका बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका छन्। वार्षिकोत्सबको उद्घाटन कार्यक्रममा बिद्यार्थी तथा शिक्षकले साँस्कृृतिक नृत्य साथै बिद्यालय सम्बन्धि चेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा काेशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृकाप्रसाद ढकालकाे सभापतित्व रहेको थियो।उक्त कार्यक्रममा बोल्दै खापुङ्ले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जाेड दिनुपर्ने बताएका थिए।

यस्तै विज्ञान र इन्जिनियरिङका विद्यार्थीले राखेका प्रदर्शनी स्टलको अवलोकन गर्दै उनीहरूले निर्माण गरेका सामाग्री अत्यन्तै राम्रो र ज्ञान उपयोगी भएको बताए । कार्यक्रमकाे विशेष अतिथिकाे रूपमा बाेल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले “आजकाे समय किताबी ज्ञान भन्दा पनि अबकाे उत्पादन बजारकाे माग अनुसारकाे प्रविधि युक्त शिक्षा दिनुपर्ने बताउदै सिर्जनात्मक सिकाईमा जाेड दिन आग्रह गरे । नमुना विद्यालयकाे रूपमा रहेकाले राज्यबाट समेत ठुलाे सहयाेग गरेकाे बताउदै अहिलेकाे विद्यार्थी संख्यालाई गुणस्तरीय शिक्षा दिएर आज प्राप्त गरेकाे उचाइ, शाखलाई जाेगाउनुपर्ने बताए  ।

यस्तै समग्र सुन्दरहरैँचाकाे माध्यमिक तहकाे शिक्षा सुधारमा लाग्न ऐन बनाएकाे समेत  जनाए । विद्यालय प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्दै  शैक्षिक गुणस्तरलाई विज्ञान र प्रविधि सूचना प्रविधि युक्ति कक्षा काेठा निर्माण गरिएकाे जनाउँदै अहिले अभिभावककाे चाहाना अङ्ग्रेजी शिक्षा तर्फ देखिएकाे बताए । यस्तै विद्यालय परिसरमा प्लास्टिक मुक्त बनाउने घाेषणा समेत गरेकाे प्रधानाध्यापकले बस्नेतले बताए । वार्षिकोत्सबकाे अवसरमा विभिन्न दाताद्वारा राखिएको अक्षयकोषबाट विभिन्न विधामा विद्यार्थीलाई पुरस्कृत गरिएकाे थियाे। 

हाल यस विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी १ सय ५१ जना रहेका छन् । देश भरीका सामुदायिक विद्यालयतर्फ चाैथाे स्थानमा पर्न सफल याे विद्यालयमा अभिभावक, विद्यार्थीकाे राेजाईमा पर्दै गएकाे छ । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार