हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैँचा ।शिव भट्टराई भोजपुरे।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

सहकारीको २४औँ वार्षिक साधारणसभा तथा २५औँ स्थापना दिवसको अवसरमा आयोजित रजत जयन्ती महोत्सवअन्तर्गत शिविर सञ्चालन गरिएको हो। नवदृष्टि आई हस्पिटल प्रा.लि., इटहरी–८ को प्राविधिक सहयोगमा भएको शिविरमा स्थानीयवासीले निःशुल्क आँखा परीक्षण, चस्मा जाँच, स्वास्थ्य परामर्श तथा आवश्यक औषधिसहितका सेवा लिएका थिए।

शिविरमा आँखासम्बन्धी विभिन्न समस्या पहिचान भएका बिरामीलाई थप उपचार तथा आवश्यक शल्यक्रियाका लागि समेत सहजीकरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर स्वास्थ्यजस्ता जनसरोकारका क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको बताए। उनले सहकारीका गतिविधि सदस्यमा मात्र सीमित नराखी समुदायसँग जोडिनुपर्ने धारणा राखे।

त्यस्तै, हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हेमराज सुवेदीले संस्थाको स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई सदस्य तथा समुदायका लागि उपयोगी गतिविधिसँग जोड्ने उद्देश्यले रजत जयन्ती महोत्सव अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो। उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो।

कार्यक्रममा २०० भन्दा बढिले सेवा लिएका थिए भने संस्थाका सल्लाहकार, सञ्चालक समिति, कर्मचारी, सदस्य लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

रजत जयन्ती महोत्सव अन्तर्गत असोज १२ गते चेस प्रतियोगिता, असोज १३ गते अन्तरक्रिया तथा खेलकुद प्रतियोगिता, असोज १४ गते साधारणसभा तयारी, असोज १५ गते लोगो अनावरण तथा असोज १६ गते २४औँ वार्षिक साधारणसभा, रजत जयन्ती समारोह एवं पुस्तक विमोचन लगायतका कार्यक्रम सञ्चालन हुने व्यवस्थापक योजना शर्माले जानकारी गराउनु भएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार