श्री महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा टीका प्रसाद सुवेदी


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे / मोरङको सुन्दरहरैचा–११ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा टीका प्रसाद सुवेदी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा गोमा अधिकारी देवान, दिपा विश्वकर्मा र गोपाल बहादुर श्रेष्ठ, चयन भएको सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्। उहाँहरुको चयनसँगै विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ। विद्यालयसँग लामो समयदेखि जोडिएर शिक्षा, समुदाय र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुवेदी कर्तव्यनिष्ठ, इमानदार तथा समर्पित व्यक्तित्वका रूपमा परिचित छन्।

विद्यालय परिवार तथा स्थानीय समुदायले उनको नेतृत्वमा विद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै संस्थाको समग्र विकासमा उनले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष सुवेदीलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार