गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाद्वारा अनुकरणीय कार्य: वृद्ध सम्मान तथा आशिर्वाद ग्रहण कार्यक्रम जारी


shiva
Single Before Content Ad

सुन्दरहरैचा,असार २२ गते

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अनुकरणीय कार्यहरू गर्दै आएको छ। यसै सन्दर्भमा संस्थाले टोलका अशक्त, दीर्घरोगी तथा जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर सम्मान तथा सुस्वास्थ्यको कामना गर्दै आशिर्वाद ग्रहण गर्ने विशेष कार्यक्रम गरिरहेको छ।

शनिबार बिहान टोल विकास संस्थाका पदाधिकारीहरूले वृद्ध आमाबुवाको घरघरमा पुगेर आत्मीय भेटघाट तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सोही कार्यक्रमको अवसरमा टोल विकासले स्थानीय आदरणीय व्यक्तित्व जीवननाथ भट्टराई र वहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराईलाई सम्मान प्रदान गरेको थियो।

हाल सुन्दरहरैचा नगरपालिका गोठगाउँमा स्थायी वसोवास गर्दै आउनु हुने जिवनाथ भट्टराई दैवि प्रेरणाबाट ७ वर्षको उमेर देखि नै अन्न त्याग गरी फलफुलको रूपमा दैनिक स्याउ कैली गाईको दुध मात्र सेवन गरी जीवन निर्वाह गर्दै आउनु भएको थियो।
उहाँले देवताको सेवा, पितृको सेवा र गौ सेवा तथा आफ्‌नो मन्दिरमा आउने भक्तजनहरूलाई दुःख मुक्त गर्न निस्वार्थ सहयोग पुर्याउदै आउनुभएको छ। त्यसैगरी वहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराई ४० वर्ष देखि नुन, तेल त्यागी उहाँको सेवा गर्दै आउनुभएको छ। उहाँहरूलाई गोठगाउँ विश्वविद्यालय टोल विकास संस्था र सामाजिक अभियान्ताको तर्फबाट सम्मान गरिएको थियो। यस्तो त्याग र समर्पणका लागि टोल विकास संस्थाले सम्मानपत्र प्रदान गर्दै वहाँहरूको योगदानलाई कदर गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष केशव भट्टराई, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सल्लाहकार पोस्ट कुमार श्रेष्ठ दुर्गा भट्टराई, सहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सामाजिक सद्भाव र आत्मीयता प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष भट्टराईले वृद्ध र असहाय नागरिकहरूको सेवा गर्नु संस्थाको मात्र नभई सम्पूर्ण समाजको कर्तव्य भएको उल्लेख गरे। उहाँले भने, “विकास संरचनामात्र होइन, समाजका असहाय सदस्यप्रति संवेदनशील पनि हुनुपर्छ। उहाँहरूको अनुहारमा मुस्कान ल्याउनु नै हाम्रो साँचो सेवा हो।"

टाेल विकास संस्थाका सदस्यहरुले संस्थाको यो कार्यप्रति खुलेर प्रशंसा व्यक्त गरेका छन्। टोलमा सामाजिक सद्भाव, पारस्परिक आत्मीयता र जेष्ठ नागरिकप्रति सम्मानको भावना विस्तार गर्न यस्ता गतिविधिले ठूलो भूमिका खेल्ने विश्वास गरेका छन्।

यस अभियानले जेष्ठ नागरिकप्रति सम्मानजनक जीवन सुनिश्चित गर्ने, उनीहरूका आवश्यकताप्रति ध्यान दिने र समाजमा सकारात्मक सोच विकास गर्न उल्लेखनीय योगदान पुर्याउने बताउँदै सामाजिक अभियन्ता नेत्र चौलागाईंले टाेल विकासले आगामी दिनमा आयोजना गर्ने सामाजिक काममा आफु पनि सहकार्य गर्न तयार रहेको बताएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार