सीपसँगै उद्यमशीलताको आधार : २० महिलाले पाए घरेलु उत्पादन निर्माणको व्यावहारिक ज्ञान


shiva
Single Before Content Ad

सुन्दरहरैंचा, मोरङ – महिलाहरूलाई आत्मनिर्भर, सीपयुक्त तथा उद्यमशील बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ मा सञ्चालन गरिएको तीनदिने घरेलु उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा सहभागी २० जना महिलाले लुगाधुने सर्फ, नुहाउने साबुन तथा हर्पिक–फिनेल उत्पादन गर्ने व्यावहारिक ज्ञान हासिल गरेका छन्।

तालिम समापन कार्यक्रममा सुन्दरहरैचा वडा नं. १२ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै उहाँले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै स्वरोजगार र साना उद्यमतर्फ अगाडि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, वडाले आगामी दिनमा पनि आयमूलक तथा सीप विकासका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित तालिममा प्रशिक्षक तथा सिद्धार्थ स्किल डेभलोपमेन्टका अध्यक्ष पार्वती गच्छदारले घरेलु तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक सरसफाइ सामग्री उत्पादनसम्बन्धी सीप प्रदान गर्नुभएको थियो।

प्रशिक्षक पार्वती गच्छदारले सानो लगानी र स्थानीय स्रोत–साधनको प्रयोगबाट पनि राम्रो आम्दानी गर्न सकिने बताउँदै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार तालिमले महिलाहरूमा उद्यमशील सोच, आत्मविश्वास र स्वरोजगारप्रतिको प्रेरणा अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणको आधार तयार गरेको छ।

कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरूले तालिमबाट सिकेको सीपलाई उत्पादन र व्यवसायसँग जोड्दै आयआर्जनको माध्यम बनाउन सुझाव दिएका थिए। तालिममा सहभागी अस्मिता विकले तालिमले नयाँ ज्ञान र आत्मविश्वास प्रदान गरेको बताउँदै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो। अर्की सहभागी सुसिला कार्कीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार