गछिया आधारभुत बिद्यालय सुन्दरपुरले गर्यो अन्तर बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा। शिव भट्टराई भोजपुरे।

बालबालिका खेल्न, नाच्न, गाउन लगायतका बालमनोविज्ञानसँग जोडिएका क्रियाकलाप गर्न मन पराउछन्। यस्ता क्रियाकलापले बालबालिकाको चौतर्फी विकासमा जोड दिएका हुन्छन्।विद्यालयले स्कुलमा नानीहरूलाई किताबी ज्ञान साथै अतिरिक्त क्रियाकलाप कक्षा नै सञ्चालन गरिरहेका छन्।सोही क्रममा ६० औं बाल दिवसको अवसर पारेर मोरङको सुन्दरहरैचा वार्ड नं ६ स्थित श्री गछिया आधारभुत बिद्यालय सुन्दरपुरले बिद्यालयमा अन्तर बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप संचालन गरेको छ।

आईतबार सुन्दरहरैचा वार्ड नं ६ को आयोजनामा भएको उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्यता रहेको थियो भने सुन्दरहरैचा ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनको अध्यक्षता रहेको थियो।

अतिरिक्त त्रियाकलापका कार्यक्रमहरुले केवल मनोरञ्जन मात्र प्रदान नगरी विद्यार्थीहरुको प्रतिभा उजागर गर्न साथै विद्यार्थीहरुमा आफ्नो सस्कृतीको सम्वद्र्धनमा समेत सचेतना ल्याउने, विद्यार्थीहरुबिच आपसी सदभावका साथै एकआपसमा सहयोगी भावना जागृत गराउनका लागी यस्ता कार्यक्रमले सहयोग गर्ने बताउँदै नगरको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको नगरप्रमुख गुरागाईले बताएका छन्।

स्कुलले बालबालिकालाई विभिन्न खाले अतिरिक्त क्रियाकलाप जस्तै: खेलहरु, चित्रकला, नृत्य, गायन, वक्तृत्वकला लगायत विभिन्न थरी अतिरिक्त क्रियाकलापले बालबालिकामा सर्वाङ्गीण विकासमा जोड दिने भएकाले यस कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानध्यापक केशवराज काफ्लेले जानकारी दिएका छन्।

सजिलो स्टेशनरी तथा सप्लायर्सको प्रायोजनमा
भएको कार्यक्रममा बिभिन्न विधामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। उक्त कार्यक्रममा साजिलाल माध्यमिक बिद्यालयका प्रधानध्यापक श्यामबाबु काफ्ले, कार्यक्रममा सहभागी १२ वटा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार