सुन्दरहरैचामा प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता हुने, प्रायोजकमा आश्रय सुधार केन्द्र


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा सलकपुर खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकको रुपमा आश्रय सुधार केन्द्र रहेको छ।लागुऔषधको दुर्व्यसनमा फसकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको रकम ३० हजार सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।

सुधार केन्द्रले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ भने एलएक्स सिटी फुटबल प्रतियोगितालाई पनि १० हजार पीस टिकट सहयोग गरेको थियो। भुल्के युवा समाजको आयोजनामा प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर ८ को मुख्य आर्थिक सहयोगमा खेल हुन लागेको हो।

प्रतियोगितामा प्रथम पुरुस्कार नगद ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र,दोस्रो पुरुस्कार नगद २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ। उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डरले तीन-तीन हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै,उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने आयोजक भुल्के युवा समाजले पत्रकार सम्मेलन मार्फद जानकारी दिएको छ। प्रतियोगिता सलकपुर खेल मैदानमा हुने छन् भने प्रतियोगितमा ८ टीमले सहभागिता जनाउने छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार