आश्रय सुधार केन्द्रले मनायो पहिलो बार्षिकउत्सव


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको सुधार केन्द्रले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ। पानसमा दिप प्रज्वल तथा केक काटेर उक्त कार्यक्रमको पहिलो उत्सव मनाएका हो ।

नगरप्रमुख केदार प्रसाद गुरागाईंले उक्त पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा कार्यक्रमलाई सम्बोधन गर्दै दुर्ब्यसनी फसेकालाई नयाँ जिवन दिएर समाज र राष्ट्रका लागी उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले समाजमा बिकृतिर बिंसगति बढिरहेको अवस्थामा हाम्रो समाज पश्चिमि संस्कृतिप्रति मोह बढेको बेलामा अब यस्ता बिषयमा गहनरुपमा सोच्नु पर्ने अवस्था आएको बताए। अबका दिनमा हाम्रो सभ्य समाजको निर्माण गर्न र दुर्ब्यसनीमुक्त नगर बनाउन सबैको सहयोग र साथ चाहिने बताए।

उक्त कार्यक्रमा कोशी प्रदेशका निवर्तमान सांसद लोकप्रसाद संग्रौलाले दुर्ब्यसनी फसेका युवालाई सकारात्मक र उत्प्रेरनात्मक सन्देश दिदै त्यस्ता गलत कार्यमा फसेका युवाले बांकी जिवनलाई सुखमय र व्यावसायिकमुलक कार्यमा जोडिनु पर्ने र समाजमा रचनात्मक भुमिका निर्वाह गर्न प्रेरित गरेका छन। आफ्ना अभिभावक चाहनालाई नमार्न र अभिभावकको आँखा आसु होइन खुसी दिन अनुरोध गरे।

दुर्वसनि बिरुद्धको सचेत अभियानमा अहोरात्र खटेका सुधार केन्द्रका प्रबन्ध निर्देशक सेवक खत्रीले दुर्वसनी न्यूनीकरण गर्न कुलतमुक्त समाज निर्माण गर्न आफु लागी परेको बताए।उक्त सुधार केन्द्रमा दुर्ब्यसनीमा फसेकालाई मनोबैज्ञानिक , उत्प्रेरणात्मक बिधिबाट परामर्श गर्दै नयाँ जिवन दिदै आएका छन। हाल सम्म २ सय ७२ जना सुधार भएर नयाँ जिवन पाएका छन भने ७२ जना सुधार उन्मुख तिर रहेको सुधार केन्द्रका अध्यक्ष जनक खत्रीले बताए।

उक्त कार्यक्रममा भानु साझा पुस्तकालयका प्रमुख पुरन राई, इलाका प्रहरी कार्यालय बेलबारी तथा गछिया, बिभिन्न वडाका जनप्रतिनिधि , पत्रकार , समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार