सनसाईन एकेडेमिले गर्यो विद्यार्थीहरुको निशुल्क आँखा तथा कान जाँच


Single Before Content Ad

शिव भट्टराई, सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा ११ स्थित सनसाईन एकेडेमिले बुधबार बालबालिकाहरूको निशुल्क आँखा तथा कान जाँच कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको सो उपचार सेवा मार्फत विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको आँखा तथा कान जाँच कार्यक्रम गरिएको बिद्यालयका प्रिन्सिपल सुरेश कुमार खवासले बताएका छन्।

"हाम्रो सानो सतर्कता र सक्रियता, बच्चाको जीवनको सुरक्षता" भन्ने मुल नाराका साथ आयोजित आँखा कान जाँच कार्यक्रममा बिद्यार्थिहरुको आँखा कान पाक्ने, आँखा टेढाे हुने, न्यून दृष्टी लगायत समस्या भेटिएको अप्थामोलोजि पुर्वानुमान विभागकि दिप्ती साहले बताएकि छिन्। कार्यक्रममा ३०० भन्दा बढी बिद्यार्थिले सेवा लिएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार