बिराटनगर, १८ कात्तिक ।शिव भट्टराई भोजपुरे
पूर्वाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो पार्किङ स्थल नोबेल मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा रहेको छ। विशाल क्षेत्रफलमा फैलिएको यो पार्किङ स्थलले दैनिक सयौं सवारी साधन सहज रूपमा राख्न सक्ने क्षमता राख्दछ।
नोबेल मेडिकल कलेजमा दैनिक हजारौं बिरामी, आफन्त, विद्यार्थी र स्वास्थ्यकर्मीहरू आउने भएकाले सवारी व्यवस्थापनका लागि यसरी व्यवस्थित पार्किङ क्षेत्र निर्माण गरिएको हो। अस्पताल परिसरभित्र दुईपांग्रे र चारपांग्रे सवारीका लागि फरक–फरक स्थान तोकिएको छ।
अस्पताल प्रशासनका अनुसार पार्किङ क्षेत्र विस्तारसँगै यातायात व्यवस्थापन सहज भएको छ। “अस्पतालमा आउने सबैलाई सुविधाजनक वातावरण प्रदान गर्न हामीले व्यवस्थित पार्किङ निर्माण गरेका हौं,” प्रशासनले जनाएको छ।

