मोरङमा सामुदायिक वन उपभोक्ता समुहका अगुवाहरुद्धारा चेन- स्व नियन्त्रणमा


shiva
Single Before Content Ad

पथरी शनिश्चरे, चैत्र १३/

चार लेन एशियन हाइवे निर्माणको लागि कटान गरिएका वन पैदावारहरूओ स्वामित्व उपभोक्ताहरूले पाउनु पर्ने माग गर्दै सामुदायिक वन उपभोक्ता समुहहरूका अगुवाहरुले अवरोध गरेका छन् ।
आज मंगलबार ईटहरी - लौकिही सडक खण्ड अन्तर्गत पथरीशनिश्चरे१० को शनिश्चरे एरियामा उनीहरूले आफ्ना मागहरू पुरा नहुन्जेलसम्म जारी रहने कुरा बताएका हुन्।

पथरी शनिश्चरे -१० को डांस मोरङ्गी नदि निकट पशुपति सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा सामुदायिक वन उपभोक्ता समुहहरूको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ , कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले लोड गरिएको ट्यांकरको चाबी नियन्त्रणमा लिई अनलोड गराउनु भएको थियो। त्यसैगरी, सामुदायिक वन उपभोक्ता महासंघ पथरी शनिश्चरे नगर अध्यक्ष मैया आचार्य फुयाल र सामुदायिक वन उपभोक्ता महासंघ , कोशी प्रदेशकी महासचिव रेनुका दहालले कटान गरीरहेको स्थानबाट २ वटा चेन -स्व ( Chain -Saw) खोसेर नियन्त्रणमा लिनु भएको थियो। पटक पटक जिल्ला वन कार्यालय हुँदै क्षेत्रीय वन निर्देशनालयका पदाधिकारीहरूसंग छलफल र बहस गर्दा पनि सुनुवाई नभए भन्दै संघर्षमा उत्रने वाध्य भएको कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो।

सोहि क्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङ उपाध्यक्ष तथा डांस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन पोख्रेलले आफ्ना उपभोक्ताहरूले वर्षौंदेखि संरक्षण गरी हुर्काएका वन पैदावारहरू एशियन हाइवे निर्माण क्रममा काटिएका विरूवाहरू उपभोक्तालाई दिईनु पर्ने माग गरेका छन् ।
हाल मोरङको बेलबारी नगरपालिका क्षेत्रदेखि उर्लाबारी नगरपालिकाको सालबारी सामुदायिक वन क्षेत्रसम्मको ५ हजार ६ सय बिरूवाहरू कटान भैरहेको छ।

आजै सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरु सम्मिलित भेलाले विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले अनुगमन समितिका संयोजक तथा सामुदायिक वन उपभोक्ता समुहहरूका क्षेत्रको रूख कटान रोक्ने संघर्ष समिति समेत गठन भएको थियो। बेलबारीदेखि उर्लाबारी ( सालबारी) सम्मको एशियन हाइवेले छोएका सबै सामुदायिक वन उपभोक्ता समुहहरूले एक साझा संघर्ष समिति डांस मोरङ्गी सा. व. उ. समुहका अध्यक्ष मदन पोखरेलको संयोजकत्वमा गठन गरेका थिए। सोहि क्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय उपमहासचिव सिता श्रेष्ठ, मोरङ जिल्लाका अध्यक्ष कृष्ण लुईंटेल, लगायतका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरू संघर्षमा उत्रिएका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार