मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेपछि फरार रहेकी आमा पक्राउ


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/

मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेको घटनामा आमालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार सुन्दरहरैँचा स्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो ।धनकुटाको पाख्रीबास नगरपालिका–५ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।

सो घटनामा मृतक नाबालिकाकी आमा २२ वर्षीया अस्मिता पौडेल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि तत्काल फरार भएकी उनलाई बुधबार (आज) बिहान ६ बजेतिर झापाको बिर्तामोडबाट हिड्दै गरेको अवस्थामा प्रहरीले सुन्दरहरैचा अपडेटलाई जनाएको छ ।

मंगलबार बेलुका बिर्तामोडबाट एक स्थानियले सुन्दरहरैचा अपडेट सङ फोन सम्पर्क गरि भन्छन् "एक महिला बिर्तासीटि हस्पिटलमा आफ्नो बिरामी हुनुहुन्छ म सहयोग माग्दै आएको मलाई बास दिनुन" भन्दै सहयोग माग्दै आफ्नो घरमा बास माग्न आएको र बास बस्ने ठाउँ नभएकोले बास नदिदा मुख छोपेर हिडेको बताएका छन्।त्यसको केही छिन् पछि सुन्दरहरैचा अपडेटमा २ बालिका मृत अवस्थामा फेला परेपछी फरार रहेकि महिलाको तस्बिर हेर्दा हुलिया मिलेको देखेपछी उक्त स्थानीय महिला सीता पोख्रेलले सुन्दरहरैचा अपडेटलाई जानकारी गराएकि थिईन्।

त्यस्तो कुरा जानकारी आएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं। प्रहरीले सोही सुराकीको आधारमा फरार महिला अस्मितालाई बुधबार बिहान बिर्तामोड बाट पक्राउ गरि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार