क्वेष्ट इङ्लिस स्कुलमा पहेँलो–हरियो रङको उत्सवसँगै प्रि–प्राइमरी नृत्य प्रतियोगिता


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ सुन्दरहरैचा।
मोरङको सुन्दरहरैँचा–८ स्थित क्वेष्ट इङ्लिस स्कुलमा विद्यार्थीहरूले पहेँलो र हरियो रङलाई केन्द्रमा राखेर विशेष ‘कलर सेलिब्रेसन’ मनाएका छन्। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरू पहेँलो तथा हरियो रङका विभिन्न पोसाकमा सहभागी हुँदै उत्सवलाई आकर्षक बनाएका थिए।

कार्यक्रमसँगै प्रि–प्राइमरी तहका विद्यार्थीहरूबीच नृत्य प्रतियोगिताको फाइनलसमेत आयोजना गरिएको थियो। साना विद्यार्थीहरूले विभिन्न गीत तथा संगीतमा प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

रङ, संगीत र नृत्यको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। यस्ता गतिविधिले बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास तथा सामूहिक सहभागिताको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ।

प्रिन्सिपल दिपक क्षेत्रीले विद्यार्थीहरूको सिकाइलाई कक्षा कोठामा मात्र सीमित नराखी मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिमार्फत उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए। उनले पहेँलो–हरियो रङको उत्सव तथा प्रि–प्राइमरी नृत्य प्रतियोगिताले विद्यार्थीमा उत्साह, आत्मविश्वास र सामाजिक भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार