विपत व्यवस्थापन न्यूनीकरण सम्बन्धि गोष्ठी


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

लुमन्ति र सुन्दरहरैंचा नगरपालिकाको संयुक्त आयोजनामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यबिधि र प्रारम्भिक रणनीति योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ।

धनकुटाको सागुरीगढी गाउँपालिकाको नाम्जेमा बिपत प्रतिकार्य योजना तथा कार्यबिधि निर्माण गर्न प्रदेश सरकारको बिज्ञ टोली सहित शनिबार २ दिने गोष्ठी सम्पन्न भएको हो। सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिपत ब्यबस्थापन , बिपत जन्य प्रतिकारात्मक योजना, जलवायु परिवर्तन , दीर्घकालीन योजनाको बिषयमा गोष्ठी गरिएको थियो।

कार्यक्रममा सहजकर्ताको रुपमा प्रदेश सरकारका विपद व्यवस्थापन कार्यकारीणी सदस्य राम कुमार दहालले सहजीकरण गरेका थिए ।लुमन्तिका फिल्ड संयोजक लक्ष्मी राईले सुन्दरहरैंचामा बिगत ३ वर्षदेखि बिपत व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको भन्दै रणनीतिक र दीर्घकालीन रुपमा स्थानिय तहमा कसरी अघि बढ्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको बताईन ।

नगरपालिकाका जनप्रतिनिधि, बिपद ब्यवस्थापन समितिका सदस्य , वडा अध्यक्ष, कर्मचारी, पत्रकार तथा बिभिन्न समजिक संघसंस्थाका प्रतिनिधि सहितको सहभागीतामा कार्यक्रम संचालन भएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार