लायन्स क्लब अफ इन्द्रपुरद्वारा निःशुल्क आँखा जाँच शिविर तथा छात्रवृत्ति वितरण


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा–९ स्थित जनता माध्यमिक विद्यालय परिसरमा लायन्स क्लब अफ इन्द्रपुर द्वारा आयोजित निःशुल्क आँखा जाँच शिविर तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट स्थानीयवासीहरूले आँखासम्बन्धी स्वास्थ्य सेवा लिएका थिए भने विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा 2nd VDG MJF रमेश खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने क्लबकी अध्यक्ष प्रमिला दुलालको अध्यक्षता रहेको थियो। आँखासम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको उक्त कार्यक्रममा २०० जनाले आँखा जाँच गराएका थिए।

प्रमुख अतिथि खत्रीले लायन्स क्लबले समाज सेवामार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक सेवाबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो। साथै सामाजिक सेवामा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका अवसरमा क्लबकी अध्यक्ष दुलालले शिक्षा र स्वास्थ्य समाज सेवाको महत्वपूर्ण क्षेत्र भएकाले समुदायको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै स्थानीयवासी र विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालय परिवार, स्थानीयवासी, समाजसेवी तथा लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार