शिक्षणसँगै कृषिमा उदाहरण बन्दै गोठगाउँका बालकृष्ण गौतम


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे /
मोरङको सुन्दरहरैचा–७ गोठगाउँ निवासी बालकृष्ण गौतम यतिबेला शिक्षण पेशासँगै कृषिमा पनि उदाहरणीय बनेका छन्। सुकुना बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका गौतमले आफ्नै घर आँगनमा विभिन्न फलफूल खेती गरेर धेरैको ध्यान खिचेका हुन्।

गौतमले आफ्नै बारीमा लटरम्मै अंगुर फलाएका छन् भने ड्रागन फल, लहरे आँप लगायतका विभिन्न फलफूल पनि सफल रूपमा उत्पादन गरिरहेका छन्। घरमै गरिएको मेहनत र लगावका कारण उनको बारी अहिले आकर्षणको केन्द्र बनेको छ।

विशेषगरी तराई क्षेत्रमा अंगुर खेती कम हुने मान्यता बीच उनले सफलतापूर्वक अंगुर उत्पादन गरेर सम्भावना देखाइदिएका छन्। आधुनिक प्रविधि र नियमित हेरचाह मार्फत उत्पादन बढाउन सकिने उनको अनुभव रहेको छ।

शिक्षण पेशासँगै कृषि कर्मलाई निरन्तरता दिँदै आएका गौतमले खाली जमिनको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन्। उनको बारीमा फलेका अंगुर, ड्रागन फल र लहरे आँप समेत रहेको छ।

स्थानीय तह तथा सम्बन्धित निकायले यस्ता मेहनती कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार