सुन्दरहरैचामा आगलागी एक घर जलेर खरानी, १ करोड बराबरको क्षति (तस्बीर सहित)


shiva
Single Before Content Ad

योगेन्द्र योगी/

बिराटनगर : मोरङको सुन्दरहरैचामा बुधबार दिउँसो भएको आगलागीमा एक घर जलेर खरानी भएको छ। सुन्दरहरैंचा नगरपालिका वडा -३ आमजुङ्गीमा रहेको टेक बहादुर कार्कीको घरमा बिधुत सर्ट भएर आगलागी हुँदा घर जलेर खरानी भएको हो।

टेक बहादुरका छोरा सन्तोष कार्कीका अनुसार अचानक बिधुत सर्त भएर वा के भएर हो घर पछाडी बाट आगोको मुस्लो निस्किएको र बुबा पनि सुतिरहेको अवस्थामा छिमेकीले खबर गरेपछि मात्र आगलागी लागेको थाहा पाएको बताए।
आफूले शरीरमा लगाएको कपडा बाहेक घरमा भएको सम्पूर्ण समान जलेर नस्ट भएको उनले बताए। बिहिबार जग्गा किन्नको लागि राखेको २६ लाख नगद सहित १ करोड बराबरको क्षति भएको गछिया प्रहरी चौकीले जनाएको छ। सो घरमा तीन दाजुभाईको परिवार र बुबा आमा बस्दै आएका थिए। साथै ३० तोला सुन पनि रहेको थियो भने केहि पशु चौपाय जलेको सन्तोषले बताए। अहिले केहि सुन संकलन गरिसकिएको र बाँकी पुरिएको पनि खोज्ने काम भैरहेको बताए। आगलागी भएको जानकारी पाउने बित्तकै नगर प्रमुख केदार प्रसाद गुरागाई सहितको टोली घटनास्थलमा पुगेको थियो।

आगो नियन्त्रणका लागि सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका दुई वटा दमकल प्रयोग गरिएको स्थानीय पत्रकार शिव भट्टराई भोजपुरेले बताए। आगलागी पिडितलाई तत्कालका लागि नगरले त्रिपाल सहित खाद्य सामग्री समेत वितरण गरेको जनाएको छ। पछि पनि थप राहत सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ।पछिलो समय मोरङ लगायत कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा दैनिकजसो आगलागीका घटना भइरहेका छन्। आगलागी नियन्त्रण तथा उद्धारका लागि मातहतका प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार