लाटीझोरा साझेदारी वनको बिरुवा वितरण कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको लाटीझोरा साझेदारी वन व्यवस्थापन समुहले पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

साझेदारी वन समूह अन्तर्गत रहेको आफ्नो कार्यक्षेत्रमा नर्सरीबाट उत्पादन गरी बिरुवा वितरण गर्दै आएको हो। बिरुवा वितरण गर्न पुगेका उक्त वन ब्यबस्थापन समुहका अध्यक्ष यशोन (मिलन) श्रेष्ठका अनुसार बुढीगंगा गाउँपालिकाको वडा १ देखि ५ सम्म १० हजार बिरुवा वितरण गरेको बताए । यस अघि बुढीगंगा गाउँपालिका वडा ६ र ७ मा वितरण गरि सकेको समेत जानकारी दिए ।

अम्बा, अमला, तेज पता, इपिल जस्ता बिरुवा साझेदारी वन व्यवस्थापन समुहले नि:शुल्क बिरुवा बितरण गरेको हो। प्रत्येक वडामा एक जना समितिको संयोजक राखेर दक्षिणी भेगका उपभोक्तालाई बिरुवा बितरण गरेको अध्यक्ष श्रेठले बताए।

दिनानुदिन बढ्दै गएको वायु प्रदूषणलाई बिरुवा रोपेर शुद्धीकरण गर्नुको साथै वातावरण स्वच्छ राख्नको लागि साझेदारी वनको दायित्व पूरा गर्न यसरी गाउँटोलका स्थानीयलाई घरपिच्छे बिरुवा वितरण गर्ने कार्यक्रम गरेको अध्यक्ष श्रेठले बताए।

बुढीगंगा गाउँपालिका वडा १ मा बिरुवा वितरण गर्न पुगेको समुहको कार्यलाई प्रशंसा गर्दै सो वडाका अध्यक्ष सोमराज काफ्लेले औधोगिक क्षेत्र भएकोले उधोग स्थापना हुने खालको बिरुवा लगाउन सके रोजगारी सृजना गर्न सकिने बताए। साथै मानव शरीरलाई चाहिने पोषण युक्त बिरुवा रोप्न सुझाब समेत दिए। साझेदारी वनले सो वडामा बिभिन्न प्रजातिका २ हजार २ सय बिरुवा वितरण गरेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार