सामाजिक सुरक्षा कोष अन्तर्गतका विरामीलाई नोवेलले दियो थप सुविधा


Single Before Content Ad

सुन्दरहरैचा ।

सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध विरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाह गरेर थप सुविधा दिएको हो।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आवद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरु लाखौंको संख्यामा रहेका छन् । सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । यो सुविधा लिन विभिन्न संघसंस्थामा कार्यरत योगदानकर्ताहरु र उनीहरुका श्रीमान वा श्रीमती विरामी भई सामाजिक सुरक्षा कोषमा सुचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ ।

सुरक्षा कोषको नियमानुसार विरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम विरामीले तिर्नु पर्ने हुन्छ । भर्ना भई उपचार गर्दा पनि यस्तै गरी भुक्तानी गर्नु पर्दछ । यसलाई थप सहज पारी विरामीले भुक्तानी गर्नु पर्ने सह भुक्तानी मिनाह गर्ने निर्णय गरी नोवेलले कोषमा आवद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको छ । सह भुक्तानी पनि तिर्न नपर्ने भए पछि विरामीहरुलाई उपचार प्राप्त गर्न सहज भएको नोवेलका जनसम्पर्क अधिकृत नविन दहाल बताउछन् । उनका अनुसार विरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउण्टरहरूको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषको प्रावधान अनुसार नियमित योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई बहिरङ्ग विभागमा बार्षिक २५ हजार सम्मको र भर्ना भई उपचार गराउँदा १ लाख सम्मको उपचार सुविधा उपलव्ध हुन्छ जसमा २० प्रतिशत सह भुक्तानी रकम विरामीले ब्यहोर्नु पर्दछ । कार्यस्थलमा वा कार्यको सिलसिलामा दुर्घटना पर्दा कोषबाटै सम्पूर्ण उपचार खर्च प्राप्त हुन्छ भने अन्य अवस्थामा दुर्घटना हुँदा ७ लाख सम्मको उपचार सहुलियत प्राप्त हुने गरेको छ । नोवेलले सह भुक्तानी मिनाह गरेको र दुर्घटना भई आकस्मिक उपचारकालागि आउने विरामीलाई छिटोछरितो उपचारको लागि सहजकर्ताको व्यवस्था गरिएको अस्पताल निर्देशक डा. राजेश नेपाल बताउछन् ।

सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय, संघ संस्था संग सहकार्य गर्दै विरामीहरुलाई सहुलियत शुल्कमा र अति विपन्न विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । नेपालको पूर्वी भाग देखि सुदुर पश्चिमको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर मार्फत लाखौं विरामीलाई उपचार सेवा पुर्याईसकेको छ भने त्यस्ता शिविरबाट रिफर भएका विपन्न विरामीहरुलाई विराटनगर स्थीत नोवेल शिक्षण अस्पतालमा र काठमाडौं स्थीन काठमाडौं मेडिकल कलेज (के एम सी) मा निःशुल्क उपचार पनि गर्दै आएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार