सुन्दरहरैचा / असार २८ गते
मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ। आज मेडिकल हलको औपचारिक उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको हो।मेडिकल हलमा विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध गराइने सञ्चालक कविता कुमारी साहले जानकारी दिनुभयो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यस्ता संस्थाले नागरिकलाई सहज, भरपर्दो र समयमै उपचार सेवा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुटको व्यवस्था गरिएको छ। यसअन्तर्गत भिटामिन डी, भिटामिन बी , बी–१२ र थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिइनेछ। साथै, ब्लड सुगर परीक्षण सधैं १० रुपैयाँमै उपलब्ध गराइने सञ्चालक साहले बताउनुभयो।
क्लिनिकमा बिहान र बेलुका वरिष्ठ एमबीबीएस चिकित्सकबाट नियमित सेवा उपलब्ध हुनेछ। साथै, प्रत्येक महिनाको दोस्रो शनिबार कान्ति बाल अस्पताल काठमाडौंका नवजात तथा बालरोग विशेषज्ञ डा. श्रीराम साहबाट पनि सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त क्लिनिकमा डिजिटल एक्स–रे, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल फिजिसियन, छाला तथा यौन रोगलगायतका विशेषज्ञ चिकित्सकबाट निश्चित दिनमा सेवा उपलब्ध गराइनेछ। अत्याधुनिक ल्याबमार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवासमेत सञ्चालनमा ल्याइएको छ।स्थानीय नागरिकलाई गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा ल्याइएको बताइएको छ ।




