तेस्रो प्याब्सन स्पोर्टस मिट’ पाँच सय खेलाडी विद्यार्थीको सहभागिता रहने


shiva
Single Before Content Ad

उर्लाबारी, ११ पुष। निश्चल ढकाल/

उर्लाबारी नगर प्याब्सनको आयोजनामा पुष १२ देखी १४ गते सम्म ‘तेस्रो प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ ।
उर्लाबारी-३ मंगलबारेमा रहेको प्रस्तावित उर्लाबारी रंगशालमा हुने प्रतियोगितामा उर्लाबारीमा रहेका २१ सस्थागत विद्यालयका ५ सय खेलाडी विद्यार्थीको सहभागिता रहने प्याब्सनले जनाएको छ ।
आज उर्लाबारी-७ स्थित प्याब्सनको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सगसगै प्रयोगात्मक सिकाई प्रकृयालाई शारिरिक तन्दुरुस्तिसग जोड्ने उद्देश्यका स्पोर्टस मिटको आयोजना गर्न लागिएको प्याब्सनले जनाएको छ ।

मोफसलमा रहेका प्रतिभावन खेलाडी तथा खेलाडी हुने तिव्र ईच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तराष्ट्रिय जगत सम्म आफ्नो प्रतिभाव प्रर्दशन गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उर्लाबारी नगर प्याब्सनका अध्यक्ष दिनेश पोख्रेलले बताउनुभयो ।प्रतियोगितामा कक्षा ८ सम्म छात्रहरुका लागि फुटसल, माध्यमिक तहका छात्रहरुका लागि फुटवल र सोही अनुरुप छात्र र छात्रा दुवैका लागि भलिवल प्रतियोगिता हुने प्याब्सनले जनाएको छ । प्रतियोगिताका सवै खेल प्रस्तावित रंगशालमा हुने भएपनि फुटसल भने उर्लाबारी-४ मा हुने प्याब्सनले जनाएको छ । विजेता खेलाडी विद्यार्थीहरुले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।


प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख रुपैया लाग्ने प्याब्सनले जनाएको छ ।
जसका लागि उर्लाबारी नगरपालिकाले १ लाख रुपैया सहयोग गरेको छ भने अन्य रकम खेलाडीको ईन्टी्र दस्तुर र बाकी रहेको खर्च प्याब्सनले बेहोर्ने गरी व्यावस्थापन गरीएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार