साजीलाल माध्यमिक बिधालयको अक्षयकोषबाट ३ लाख ३३ हजार ५ सयको छात्रवृत्ति वितरण


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा ६ स्थित साजिलाल माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आइतबार (चौथो दिन) अक्षयकोष छात्रवृत्ति वितरण, पुरस्कार वितरण र विविध संस्कृतिक कार्यक्रम गरी मनाएका छन  ।

 

अक्षयकोष ब्यबस्थापन तथा संचालन समिति अध्यक्ष पीतकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि  सामाजिक बिकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराईले अक्षयकोषदाताबाट प्रदान गरिने छात्रवृत्ति तथा  पुरस्कार वितरण कार्यक्रमको उदघाटन गरेका छन् ।सो अवसरमा प्रमुख अतिथि भट्टराईले बिधालयको छात्रवृति कार्यक्रम बर्षे पिच्छे गर्दै गरेकोमा प्रसंशा गर्दै विधालय बिकासका लागि कोशी प्रदेश सरकारको तर्फबाट सहयोग संधै रहिरहने बताएका छन् ।

 

सो अवसरमा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले कोशी प्रदेशमा ३ वटा ठुलो बिधालयको रुपमा रहेको भन्दै सो अन्तर्गत साजिलाल मावि समेत छनौट भएको धारणा व्यक्त गरेका छन् । साथै साजीलाल माविको जग्गालाई    आफ्नो बिधालयको  स्वामित्व ल्याउन जोडदार पहल गरिरहेको बताएका छन् ।

बिधालयमा  पृथ्वीबहादुर श्रेष्ठ,पवित्रादेवी श्रेष्ठ अक्षयकोष, राधाकृष्ण लालदास स्मृति अक्षयकोष, जनर्द्धन सिटौला स्मृति अक्षयकोष, सिद्विमान चन्द्रकुमारी श्रेष्ठ अक्षयकोष लगायत गरी ३८ वटा अक्षय कोष रहेका छन्   ।  हाल सम्म अक्षयकोषको रकम ४९ लाख ७७ हजार ९ सय ६६ मा थप गरी ५० लाख ९२ हजार ९ सय ६६ रहेको र यस बर्ष वितरण गरिएको ३ लाख ३३ हजार ५ सय  अक्षय कोषको रकमबाट टिकाराम षडानन्द हाजिरीजवाफ प्रतियोगिता, अभिभावक सम्मान, शिक्षक प्रोत्साहन तथा  छात्रवृति वितरण गरेको विधालय सुचना अधिकारी भवानीशंकर ढकालले जानकारी दिएका छन   ।

साथै समुदायमा रहेको साजीलाल माविको जग्गालाई आयआर्जनको पाटो तिर लान अघि बढाउँन  र राज्यको तिनै तहलाई जोडेर शैक्षिक हबको बिकास गर्न पहल गरिरहेको  ब्यबस्थापन समिति सदस्य दुश्यान्त भट्टराईको भनाइ छ ।

अक्षयकोषबाट ७८ जनालाई छात्रवृति बितरण गरेको थियो भने बिधालय कोषबाट २७ जना विधार्थीलाई ६३ हजार बराबरको रकम वितरण गरेको सुचना अधिकारी ढकालले जनाकारी दिएका छन ।

त्यसैगरी भोलि सोमबार प्रधानध्यापकको प्रतिवेदन प्रस्तुत, मुखपत्र विमोचन, पुरस्कार तथा सम्मान र विविध संस्कृतिक कार्यक्रम सहित समापन गरिने बिद्यालयले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार