उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा  सुन्दरहरैँचा र लेटाङ सेमिफाइनलमा प्रवेश


shiva
Single Before Content Ad

सुन्दरहरैँचा नगर खेलकुद विकास समितिकाे आयाेजनामा आईतवार बाट सुरू भएकाे पालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताका दुईवटा खेल सम्पन्न भएका छन्।माेरङकाे सुन्दरहरैचा वडा नम्बर १० मा रहेकाे सुकुना माविकाे खेलमैदानमा जारी पहिलो उद्घाटन खेलमा सुन्दरहरैँचा नगरपालिकाले बुढीगंगा गाउँपालिकालाई हराएकाे छ   । यसैगरी दाेस्राे खेलमा लेटाङ नगरपालिकाले बेलबारी नगरपालिकाकाे टिमलाई हराउदै अघिल्लो चरणमा प्रदेश गरेकाे छ। बेष्ट अफ थ्रिका आधारमा खेलाईएकाे खेलमा सुन्दरहरैँचाले बुढीगंगालाई पहिलो सेटमा २५-१२ र दाेस्राे सेटमा २५-११ ले पराजित गरेकाे छ  । यसैगरी लेटाङले पहिलो सेटमा २५-२३ र दाेस्राे सेटमा २५-१९ ले पराजित गरेकाे हाे । विजयी दुबै टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।

खेलकाे उद्घाटन माेरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राईले गर्नुभएको थियाे । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसकाे विकासमा सबै लाग्नुपर्ने बताउनुभयाे ।  महिलाहरू पढाइमा अब्बल हुने गरेको भन्दै अब खेलकुदमा समेत उत्कृष्ट भई उदाहरणीय बन्नुपर्ने धारणा राख्नुभयाे । यसकालाई आफ्नो सधैं साथ र सहयोग रहने समेत बताउनुभयो ।८ वटा पालिकाकाे सहभागीता रहने याे प्रतियाेगितामा प्रथम हुने टिमले रू ५० हजार तथा दाेस्रो हुनेले रू २५ हजारका  साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गरिएकाे आयाेजक गरेकाेआयाेजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयाे ।

स्वास्थ्यका लागि समेत खेलकुदकाे आवश्यकता भएकोले खेलाडीलाई प्राेत्साहन गरी खेलक्षेत्रकाे विकासका लागि  महिला भलिबल प्रतियाेगिता आयाेजना गरिएको खेलकुद विकास समिति उपाध्यक्ष कार्यक्रमका सभापति उपप्रमुख अकली चाैधरीले बताउनुभयाे।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा  प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख लगायत खेलप्रेमी दर्शकको उपस्थिति रहेकाे थियो ।भाेलिकाे खेल रतुवामाई भर्सेस कानेपाेखरी र पथरी भर्सेर केराबारी बिच हुने छ । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार