सुन्दरहरैचाबाट पिकनिकका लागि ईलाम गएको बोलेरो दुर्घटना


shiva
Single Before Content Ad

ईलाम /

इलामको माई नगरपालिका–२ गोरखेमा पिकनिक गएको सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय ईलामले दिएको जानकारी अनुसार मोरङ्गको सुन्दरहरैचा १२ बाट आज बिहान पिकनिक गएको को १ ज ३७०६ नम्बरको म्याजिक भेन सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो। हुस्सु लागेर बाटो अलमल्लिएका कारण गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न वाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको थियो।

गाडी दुर्घटनामा सुन्दर हरैचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको माई अस्पतालमा उपचार भईरहेको छ।तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट रमाईलो गर्न हेप्पी ड्रिम्स चेप्टी गएका १४ जना ज्येष्ठ महिलाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार