सुन्दरहरैँचामा ‘भिट सिला’ इनर्जी ड्रिंकको आधिकारिक बिक्री सुरु, शिलाजित मिश्रित पेयमा उपभोक्ताको आकर्षण


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे । असोज २३ गते 

नेपालमै पहिलोपटक शिलाजित मिश्रित इनर्जी ड्रिंकका रूपमा बजारमा आएको ‘भिट सिला’ (VIT SHILA) को मोरङको सुन्दरहरैँचामा आजदेखि आधिकारिक रूपमा बिक्री वितरण सुरु भएको छ। हिमालयन शिलाजितलाई आधुनिक पेय पदार्थसँग जोडेर तयार गरिएको यो उत्पादनले बजारमा नयाँ विकल्प थपेको छ।

भिटसिला फुड्स एण्ड बेभरेज प्रा.लि.ले उत्पादन गरेको ‘भिट सिला’ अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको कम्पनीले जनाएको छ।परम्परागत रूपमा चिनिँदै आएको हिमालयन शिलाजितलाई आधुनिक पेय उत्पादनमा समेटेर नेपाली उत्पादनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको छ।

उत्पादन प्रयोग गरिसकेका केही उपभोक्ताले अन्य पेय पदार्थभन्दा यसको स्वाद फरक र रुचिकर लागेको प्रतिक्रिया दिएका छन्। शिलाजित मिश्रित नयाँ प्रकारको पेय पदार्थ भएकाले यसले बजारमा छुट्टै पहिचान बनाउन सक्ने उनीहरूको भनाइ छ।

सुन्दरहरैँचामा ‘भिट सिला’ को आधिकारिक बिक्री वितरण कनकाई ट्रेडर्समार्फत सुरु भएको हो। आज भएको एक कार्यक्रमका बिच विक्रि वितरण सुरु भएको घोषणा गर्दै कनकाई ट्रेडर्सका सञ्चालक गोविन्द श्रेष्ठले नयाँ उत्पादन नेपाली बजारमा भित्रिनु उपभोक्ताका लागि नयाँ स्वादको विकल्प थपिएको बताए। उनका अनुसार स्थानीय बजारमा यसको उपलब्धता बढाउँदै उपभोक्तामाझ पुर्‍याउने लक्ष्य राखिएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो बजार विस्तारको योजना अघि बढाएको छ।

हिमालयन शिलाजितमा आधारित अन्य फङ्सनल पेय पदार्थसमेत भविष्यमा बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ। नेपाली उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, निर्यात वृद्धि तथा ‘मेड इन नेपाल’ को पहिचान विश्व बजारमा विस्तार गर्ने दीर्घकालीन लक्ष्यका साथ कम्पनी अघि बढेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार