कामधेनु दुग्ध विकास सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ स्थानीय किसानहरूले नियमित रूपमा उत्पादन गरेको दूध तथा दुग्धजन्य वस्तुको संकलन, प्रशोधन र बिक्री वितरण गर्दै आएको कामधेनु दुग्ध विकास सहकारी संस्था, तरहराले आफ्नो २६औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका–१, आँपगाछीमा रहेको सहकारीको आफ्नै भवन परिसरमा सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी रणनीतिहरू सार्वजनिक गरिएका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष यादव ढकाल ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुग्ध उत्पादक कृषकहरूको हितलाई केन्द्रमा राखेर सहकारीले विभिन्न सृजनात्मक र किसानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए । उनले किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गर्नु, बजार पहुँच विस्तार गर्नु र बीचौलियाको अन्त्य गर्नु सहकारीको मूल उद्देश्य रहेको बताए ।

सुनसरीको तरहरा क्षेत्रमा क्रियाशील कामधेनु दुग्ध विकास सहकारी संस्था गाई–भैंसीपालक किसानहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । किसानको दूध उत्पादनलाई व्यवस्थित गर्दै नियमित संकलन प्रणाली, प्रशोधन प्रक्रिया र बजार व्यवस्थापनमार्फत संस्था हाल किसानका लागि भरपर्दो सहकारीका रूपमा स्थापित हुँदै गएको छ ।

संस्थामार्फत स्थानीय किसानहरूले उत्पादन गरेको दूध नियमित रूपमा संकलन गरिँदै आएको छ । संकलित दूधलाई प्रशोधन गरी बजारमा बिक्री गर्नुका साथै दही, घ्यू, पनिर, छुर्पी, खुवा, टेबल बटर, चिज तथा विभिन्न मिठाइजन्य परिकारहरूको उत्पादन र वितरणमा समेत सहकारी सक्रिय रहेको छ । यसले किसानहरूलाई स्थिर आम्दानीको आधार तयार गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ आकर्षित गरेको छ ।

साधारण सभाको अवसरमा सहकारीले ६ जिल्लाबाट उच्च दुग्ध उत्पादन गर्ने ६ जना कृषकलाई सम्मान गरेको छ । यस्तै संस्थाको विकास र सेवामा योगदान पुर्‍याएका ६ जना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । किसानको घर–घरमै पुगेर अहोरात्र पशु स्वास्थ्य उपचार तथा पशु बीमासम्बन्धी कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै भेटेरिनरी विभाग प्रमुख अजय कुमार साहलाई विशेष सम्मान प्रदान गरिएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार