नोबेल मेडिकल कलेजमा संक्रमण नियन्त्रण सम्बन्धी तालिम सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा/ विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन र IPC टोलीको समन्वयमा २०८३ जेठ १९ गते कार्यक्रम आयोजना गरिएको हो।

स्वास्थ्य सेवा सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले आयोजित तालिममा स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सीप अभिवृद्धिमा जोड दिइएको थियो। तालिममा संक्रमण नियन्त्रणका आधारभूत सिद्धान्त, हातको सरसफाइ, PPE को प्रयोग, उपकरण निर्जीवीकरण, सुई घोचिने चोट व्यवस्थापन र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो।

सहभागीहरूलाई सैद्धान्तिकसँगै व्यावहारिक अभ्यास पनि गराइएको थियो। जसअन्तर्गत हात धुने सही तरिका, PPE लगाउने–फुकाल्ने विधि, उपकरण प्याकिङ, CVC ड्रेसिङ र स्पिल व्यवस्थापनको अभ्यास समावेश थियो।

अस्पतालका विभिन्न विभागका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार