साजिलाल माध्यमिक विद्यालयको अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ मा रहेको साजिलाल माध्यमिक विद्यालयले आफ्नो ५९औं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाईरहेको छ। बिद्यालयले वार्षिक उत्सव कार्यक्रम अन्तर्गत आईतबार अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता रहेको थियो भने मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्य रहेको थियो।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो।अक्षयकोषबाट उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो।

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए। 

सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर भएको भन्दै उपस्थित अभिभावक र अतिथिहरूले प्रशंसा गरेका छन्। विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफलेले विद्यालयको शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रमले प्रेरणा दिने बताउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमले विद्यालय र विद्यार्थीहरूलाई थप प्रोत्साहन मिलेको सहभागीहरूले बताएका छन्। त्यसैगरी सोमबार बिद्यालयमा सरस्वती पुजा पुर्व विद्यार्थी, शिक्षक पुनर्मिलन कार्यक्रम हुने भएको बिद्यालयले जनाएको छ।

साथै यस विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८१ एवम् शैक्षिक सामग्री प्रदर्शनी (विज्ञान, इन्जिनियरिङ तथा सामाजिक) कार्यक्रम माघ २२ गते मङ्गलवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रमहरुका साथमा सम्पन्न हुने भएको छ। 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार