सुन्दरहरैंचामा उपमेयर सङ्ग अपाङ्गता भएका व्यक्तिहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

मोरङको सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूसँग उपमेयरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर उपप्रमुख अकली चौधरीको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रममा अपा‌ङ्गता भएका नागरिकहरूको हक, अधिकार, सेवा-सुविधा तथा स्थानीय सरकारको योजना बारे छलफल गरिएको थियो।नगर उपप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षा, रोजगारी तथा पूर्वाधारमा सहजीकरण गर्ने आश्वासन दिनुभयो।

नगरपालिकाले वार्ड नं १ देखि १२ नम्बर वडा सम्म कार्यक्रम सञ्चालन गरिसकेको छ जसअनुसार अपा‌ङ्गता भएका व्यक्तिहरूलाई अगामी योजनामा आवश्यक सामग्री वितरण गरीने बताएका छन्।अन्तरक्रिया कार्यक्रममा सहभागी भएका अपाङ्गता भएका नागरिकहरूले आफ्ना भोगाइ, चुनौती तथा आवश्यकताबारे जानकारी गराएका थिए।

उनीहरूले विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य सेवा, रोजगारी र शिक्षामा पहुँचलाई प्रभावकारी बनाउन नगरपालिकाले थप पहल गर्नुपर्ने माग गरेका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, अधिकारकर्मीहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिएको छ।महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा खडकाका अनुसार सुन्दरहरैंचा नगरपालिकामा जम्मा १,५२० जना अपाङ्गता भएका व्यक्ति रहेका छन्, जसमा रातो कार्ड ४६८, निलो कार्ड ६८२, पहेलो कार्ड २६८ र सेतो कार्ड ८० रहेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार