बच्चाको भविष्य पहिलो प्राथमिकता’ : चार महिनाको शिशु काखमा च्याप्दै तालिममा सहभागी अभिभावक


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/

मोरङको सुन्दरहरैँचा–१० विराटचोक स्थित हिमालय इङ्गलिस स्कुलले शिक्षक तथा अभिभावकबीच समन्वय, सहकार्य र विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा एक अभिभावक चार महिनाको शिशुलाई काखमा च्याप्दै तालिममा सहभागी हुनुभएको दृश्यले सबैको ध्यान खिचेको थियो। आफ्ना सन्तानको भविष्य र शिक्षाप्रतिको जिम्मेवारीबोधका साथ सानो शिशुसमेत लिएर कार्यक्रममा सहभागी हुनुभएको उक्त अभिभावकको सक्रियताले अभिभावकको भूमिका र प्रतिबद्धताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाकी शिक्षा शाखा अधिकृत अन्जु सुवेदीको प्रमुख आतिथ्य रहेको थियो। उहाँले विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने बताउँदै यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने धारणा राख्नुभयो।

कार्यक्रममा शैक्षिक मनोविज्ञ तथा Inspire Education का CEO इन्द्रकुमार प्रसाईले अभिभावकको भूमिका, बालबालिकाको मनोविज्ञान, सकारात्मक सिकाइ वातावरण तथा गुणस्तरीय शिक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको सिकाइ र व्यक्तित्व विकासमा अभिभावकको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।

एनप्याब्सन कोशी प्रदेशका अध्यक्ष तथा हिमालय इङ्गलिस स्कुलका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक, मानसिक तथा व्यवहारिक विकासमा अभिभावक र शिक्षकको संयुक्त जिम्मेवारी रहने उल्लेख गर्दै यस्ता कार्यक्रमले घर र विद्यालयबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका अनुसार कार्यक्रमले अभिभावकलाई बालबालिकाको मनोविज्ञान, सिकाइ वातावरण र आधुनिक शिक्षण प्रक्रियाबारे जानकारी प्रदान गर्नुका साथै विद्यार्थीको समग्र विकासका लागि आवश्यक सहकार्यको वातावरण निर्माण गर्न मद्दत पुगेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार