सुन्दरहरैँचा । कात्तिक २३ गते
मोरङको सुन्दरहरैँचा नगरपालिका–०३, गछियामा सक्रिय युवा समूह अब युवा (NOW YOUTH) ले कुकुर तिहारको अवसरमा ७० भन्दा बढी सडकका कुकुरहरूलाई खाना खुवाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
युवाहरूमा समाजसेवा, पशुप्रेम र मानवीय भावना विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
समूहका सदस्यहरूले आफ्नै सक्रिय सहभागितामा विभिन्न स्थानमा पुगेर सडकका कुकुरहरूलाई खाना वितरण गरेका थिए।
“समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो बजेटभन्दा पनि सकारात्मक सोच, एकता र इच्छाशक्ति आवश्यक हुन्छ,” भन्ने सन्देशसहित समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा पशुसेवाका गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।
अब युवा (NOW YOUTH) हाल एक गैरदर्ता, स्वयंसेवी युवा समूहका रूपमा सामाजिक कार्यमा सक्रिय रहेको छ।




