शिक्षासँगै श्रमको अभ्यास: साजिलाल माध्यमिक विद्यालयमा धान रोपाइँ कार्यक्रम हुँदै


Single Before Content Ad

शिव भट्टराई भोजपुरे, सुन्दरहरैँचा। असार २८ गते

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित साजिलाल माध्यमिक विद्यालयले विगतदेखि सञ्चालन गर्दै आएको "शिक्षासँगै श्रम" कार्यक्रमअन्तर्गत यस वर्ष पनि धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ।

"मानो रोपेर मुरि उब्जाउने" भन्ने भनाईलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषि कर्मको महत्व, श्रमको सम्मान र व्यावहारिक शिक्षाको अनुभव हासिल गरेका थिए।

विद्यालयले विद्यार्थीलाई पुस्तकमा सीमित शिक्षामात्र नभई कृषि, श्रम र उत्पादनसँग जोड्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानध्यापक काफ्लेले जानकारी दिएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, सहयोगी भावना र व्यावहारिक सीप विकासमा टेवा पुग्ने विद्यालयको विश्वास छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक धान रोपाइँ गर्दै सिकाइसँगै श्रमको महत्वलाई व्यवहारमा उतारेका थिए। विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार