नेसनल प्याब्सन नगरकार्य समिति सुन्दरहरैचाको अध्यक्षमा सुरेश कुमार खवास निर्वाचित


Single Before Content Ad

सुन्दरहरैचा/

नेसनल प्याब्सन नगरकार्य समिति सुन्दरहरैचा माेरङ, काेसि प्रदेश नेपालकाे दाश्राे नगर अधिबेशन -२०८० मा सुरेश कुमार खवास नगर कार्य समितीको अध्यक्षमा सर्व सम्मत निर्बिरोध निर्वाचित भएका छन्।

जम्मा १७ वटा सदस्य विद्यालयबाट सर्व सहमत उपाध्यक्षमा सुर्य खवास, सचिवमा खगेन्द्र धिमाल, काेषाध्यक्षमा नगेन्द्र प्रसाद लुईटेल सदस्यमा रविन विष्ट, इश्वर ओझा, सिर्जना कट्टेल निर्बिराेध निर्वाचित भएका छन्।

शुक्रबार भएको नगर अधिवेसनमा एनप्याब्सनका केन्द्रीय महासचिव पारसमणि दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने निर्वाचन समिति संयाेजक केन्द्रीय सचिब राजन कुमार छराहाङ् रहेका थिए ।नव निर्वाचित पदाधिकारीलाई बधाई व्यक्त गर्दै एन प्याब्सन कोशी प्रदेशका सहसचिव कमल खनालले यथास्थितिवादी शिक्षा नभैई सिपमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको बताउदै निजि बिध्यालयको हक अधिकारलाई स्थापित गर्न एनप्याब्सनले कार्य गरिरहेको बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार