नेपालमा पहिलोपटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ सार्वजनिक हुँदै


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेयका रूपमा विश्व बजारमा चिनाउने लक्ष्यसहित ‘भिट सिला’ (VIT SHILA) नामक शिलाजित मिश्रित इनर्जी ड्रिंक बजारमा आउने भएको छ।

भिटसिला फुड्स एण्ड बेभरेज प्रा.लि. ले आगामी साउन १८ गते उत्पादनको औपचारिक शुभारम्भ गर्ने जनाएको छ। कम्पनीका अनुसार, नेपालमै पहिलोपटक व्यावसायिक रूपमा उत्पादन हुन लागेको यो ‘शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक’ को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्य (यूके) मा विकास गरिएको हो।
कम्पनीले आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको प्राकृतिक तथा ऐतिहासिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको दाबी गरेको छ। साथै, यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित मिश्रित इनर्जी ड्रिंक भएको कम्पनीको भनाइ छ।

यो ब्रान्ड विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका तीन नेपाली उद्यमी नरेन्द्रबहादुर चन्द, विवेक सिटौला र कविन्द्र प्रसाईँ को संयुक्त लगानी र अवधारणाबाट विकसित भएको हो। संस्थापक कविन्द्र प्रसाईँका अनुसार नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यका साथ यो नवीन पहल सुरु गरिएको हो।

कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लण्डनकी डा. हाना आबद्ध रहेकी छन्। उनी VITSILA की संस्थापक तथा सह–मालिकका साथै निर्देशकको भूमिकामा रहेर कम्पनीको विश्वव्यापी रणनीति तय गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार